काठमाडौं । काठमाडौँ महानगरको मेयरबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय पुगे।
बनस्थलीस्थित रास्वपा कार्यालय पुगेका उनलाई रास्वपा सभापति रवि लामिछानेले स्वागत गरेका थिए। अनि, दुवैजनाले घन्टीघरमा रहेको घन्टी बजाएका थिए।
तर, उनी त्यहाँ धेरै बेर रहेनन्। दिउँसो ३ बजेर ४३ मिनेटमा रास्वपा कार्यालय घन्टीघर पुगेका उनी करिब १० मिनेटजति मात्रै समय बिताएर फर्किए।
उनी ३ बजेर ५३ मिनेटमा त्यहाँबाट फर्किका थिए।

Comment