देउवा पक्षको रिट दर्ता, पेसी माघ ६ गते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षले पार्टीसम्बन्धी निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ । सर्वोच्च अदालत प्रशासनका अनुसार रिट दर्ता भइसकेको छ ।

तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दायर गरेका हुन्। देउवा पक्षका कानुन व्यवसायीले रिटको सुनुवाइ आजैका लागि तोक्न आग्रह गरे पनि सर्वोच्च प्रशासनले सो दिन सुनुवाइ सम्भव नभएको जानकारी दिएको छ ।

सर्वोच्चले उक्त रिटको पेसी माघ ६ गतेका लागि तोकेको छ। भोलि (माघ ५) सार्वजनिक बिदा रहेको छ। निर्वाचन आयोगले पार्टीको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्ष सर्वोच्च अदालत पुगेको हो ।

रिट दायरका क्रममा खड्कासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि, मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मालगायत नेताहरू पनि सर्वोच्च पुगेका थिए । यसबीच सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।