आईजीपी कार्कीको शब्दमा ‘आमा म त खरानीबाट उठेर आएँ’ सार्वजनिक (भिडिओ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। प्रहरी महानिरीक्षक दाबहादुर कार्कीले रचना गरेको ‘आमा म त खरानीबाट उठेर आएँ’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रमबीच महानिरीक्षक कार्कीको शब्दमा रहेको गीत नेपाल प्रहरीको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

तत्कालिन समयमा उपत्यका प्रहरी कार्यालय प्रमुख रहेका कार्कीले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते प्रत्यक्ष देखेका र भोगेका विषयलाई शब्दमा कारेका हुन् । जेनजी पुस्ताको आन्दोलनपछि खरानीबाट उठेर प्रहरी नागरिक सेवा र सुरक्षामा फर्किएको विषयलाई गीतको प्रमुख संदेश बनाइएको छ ।

गीतमा थानेश्वर गौतम, शान्ति श्री परियार, समिर खरेल, सदिच्छा कट्टेल र सहिमा श्रेष्ठको स्वर रहेको छ । गीतमा दिपक शर्माको संगीत, उदयराज पौडेलको एरेन्ज, श्याम श्वेत रसाइलीको मिक्सिङ रहेको छ ।

भिडियोमा सुरक्षा पन्त, सुर्यमाला खनाल, तारा केसी, राजन न्यौपाने, सुदिप पट्टेल, कृतिका बस्नेत लगायतका कलाकारलाई फिचर गरिएको छ । म्युजिक भिडियोको निर्देशन मानव सुवेदले, छायंकन सौरभ लामिछानेले र भिडियो कन्सेप्ट सरोज ओलीको रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।