नेपालमा शंकास्पद कारोबार बढ्यो, एक वर्षमा ९ हजार भन्दा बढी शंकास्पद कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशमा शंकास्पद कारोबार बढेको औँल्याएको छ । बैंकको वित्तीय जानकारी इकाइले एक वर्षको अवधिमा ९ हजार ५६५ वटा शंकास्पद कारोबार भएको प्रतिवेदन प्राप्त भएको विज्ञप्तमार्फत जनाएको छ ।

जुन आँकडा अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले बढी भएको बैंकको भनाइ छ । यसैगरी आर्थिक वर्ष २०८१ / ८२ मा गोएमएल प्रणालीमार्फत वित्तीय सूचना सङ्कलन उल्लेख्य रूपमा वृद्धि भएको छ । आ.व. २०८०/८१ मा गोएमएलमा आबद्ध सूचक संस्थाहरूको सङ्ख्या १,६३८ रहेकोमा २०८१/८२ मा ३,४८७ पुगेको बैंकले जनाएको छ ।

इकाईले प्राप्त गरेका प्रतिवेदनहरूमध्ये विस्तृत विश्लेषणपछि ८ सय ५५ वटा वित्तीय जानकारी प्रतिवेदन थप अनुसन्धान र कारबाहीका लागि पठाएको छ । नेपाल प्रहरी, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतमा पठाएको राष्ट्र बैंकले जनाएको छ ।

यी निकायहरूमा पठाइएका प्रतिवेदनहरूले सम्पत्ति शुद्धीकरण, कर छली र भ्रष्टाचार जस्ता वित्तीय अपराधको पहिचान र अभियोजनमा प्रत्यक्ष सहयोग पुग्ने विश्वास गरिएको छ।

नेपाल हाल एपीजीको ‘ग्रे-लिस्ट’मा रहेका कारण पनि वित्तीय निगरानीलाई तीव्र बनाइएको प्रतिवेदनमा उल्लेख छ । यस अवधिमा इकाईले विदेशी वित्तीय जानकारी इकाईहरूसँग ६४ वटा सूचना आदानप्रदान गरेको जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।