शान र सलिनाको गीत ‘संगी’मा पल र सजिनाको रोमान्स

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक शान भुषालको स्वरमा गीत ‘संगी’ सार्वजनिक भएको छ। कपिलराज गिरिको शब्द रहेको गीतमा शानले नै संगीत भरेका छन्। गीतमा शानलाई फिमेल आवाजमा सलिना बिकेले साथ दिएकी छिन् ।

गीतको भिडिओमा अभिनेता पल शाह र सजिना श्रेष्ठ फिचर्ड छन्। मनाङ्गको सुन्दर दृश्यमा खिचिएको भिडिओमा दुवै रोमान्टिक देखिएका छन्। मनाङ्गमा ५ दिन लगाएर खिचेको भिडिओमा पल र सजिनाको केमेष्ट्रीआकर्षक देखिएको छ।

मनाङ्गका दृश्यमा दुवैलाई सुन्दर देखाउन छायाँकारले गरेको मिहेनत पनि उत्तिकै देखिएको छ। किरण थापाको निर्देशन र कोरियोग्राफी रहेको भिडिओलाई पवन सुस्लिङ्गले खिचेका छन्। पवनले नै सम्पादन गरेको भिडियोको सम्पादनमा उनलाई प्रवेश खत्रीले साथ दिएका छन्।

भिडिओको प्रोजेक्ट म्यानेजरको रुपमा प्रवेश खत्रीले काम गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।