कांग्रेसको विशेष महाधिवेशनमा आज बन्दसत्र सुरु हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आइतबारदेखि जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र आज हुँदैछ।

विशेष महाधिवेशन व्यवस्थापन उपसमितिका प्रचार–प्रसार संयोजक सुवास पोखरेलका अनुसार बिहान ८ बजेदेखि १० बजेसम्म महाधिवेशन प्रतिनिधिको नाम दर्ता तथा खाजाको समय तय गरिएको छ भने १० बजेपछि बन्दसत्र सुरु हुनेछ।

आइतबार बेलुकीसम्म नाम दर्ता गराएका महाधिवेशन प्रतिनिधिको एकिन संख्या पनि आजै सार्वजनिक गरिने उनले जानकारी दिए।

यसअघि सम्पन्न उद्घाटनसत्रले पार्टीभित्र परिवर्तनको स्पष्ट संकेत दिएको छ। भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधिको सहभागिताले कांग्रेसको ग्रासरुट तहमा रहेको असन्तोष र विद्रोहको संकेत सतहमा आएको देखिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।