साना किसान विकास लघुवित्तले १४.२५ प्रतिशत बोनस शेयर वितरण गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘साना किसानको समृद्धि : कृषिको रुपान्तरण र उद्यमशिलताको विकास’ भन्ने नाराका साथ स्थापित साना किसान विकास वित्तीय संस्था लिमिटेडले १४.२५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ ।

शुक्रबार काठमाडौँमा सम्पन्न संस्थाको २४ औँ वार्षिक साधारणसभाले सो निर्णय गरेको हो ।

‘यस वित्तीय संस्थाको २४औं वार्षिक साधारण सभामा शेयरधनीहरुलाई लगानीको प्रतिफल स्वरुप बोनस शेयर १४.२५ प्रतिशत र कर प्रयोजनका लागि नगद लाभांश ०.७५ प्रतिशत उपलब्ध गराउने प्रस्ताव पारित भएको छ’, साधारणसभापछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

आगामी दिनहरुमा अझै उच्च प्रतिफल दिने गरी वित्तीय संस्थाको व्यवसाय अघि बढाउन वित्तीय संस्था प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ ।

यस वित्तीय संस्थामा देशका ७७ जिल्लाका ५४६ स्थानीय तहहरुमा १ हजार ४ सय ६३ साझेदार संस्था आवद्ध रहेका छन् ।

आवद्ध सहकारी संस्थाहरूले ८८ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ बराबरको आन्तरिक पुँजी निर्माण गरी परिचालन गरेका छन् । वित्तीय संस्थाले आव २०८१/८२ को अन्त्यसम्ममा कुल ९ लाख ४१ हजार ७३१ साना किसान परिवारलाई लघुवित्त सेवा पुऱ्याउन सफल भएको छ ।

जसमध्ये दलित १०.९२ प्रतिशत, जनजाति ४२.२१ प्रतिशत र अन्यको ४६.८७ प्रतिशत रहेकोमा महिला सहभागिता ८२ प्रतिशत रहेको संस्थाको दाबी छ।

आव २०८१/८२ मा यस वित्तीय संस्थाको जारी र चुक्ता पुँजी ४ अर्ब ३१ करोड २६ लाख २१ हजार रुपैयाँ, कुल सम्पत्ति ४१ अर्ब ५० करोड ४९ लाख ७३ हजार रुपैयाँ पुगेको संस्थाले जनाएको छ ।

प्रति शेयर आम्दानी २०.२९, प्रति शेयर बुक नेटवर्थ २३९.३८ रुपैयाँ, जम्मा पुँजीमा प्रतिफल ८.४८ प्रतिशत, मूल्य आम्दानी अनुपात ४३.४० र कुल पुँजी कोष १६.०२ प्रतिशत रहेको प्रमुख कार्यकारी अधिकृत बाशु अधिकारीले जानकारी दिए ।

उनले भने, ‘वित्तीय संस्थाले आफूसँग आबद्ध संस्थाहरुलाई २०८२ आषाढसम्म २३ अर्ब १ करोड ८४ लाख लगानी र २४ अर्ब ८४ करोड ८५ लाख ऋण असुल गरेको छ भने लगानीमा रही रहेको ऋण ३५ अर्ब ९० करोड ७३ लाख रुपैयाँ रहेको छ ।’

यस वित्तीय संस्थाले नेपाल सरकारको ऋण सहयोगमा १५ वर्ष अघिदेखि सहुलियतपूर्ण पशुपालन तथा तरकारी खेती कर्जा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

जसअन्तर्गत २०८१/८२ को अन्त्यसम्म कुल १ लाख ६९ हजार ५०० किसानहरुलाई १८ अर्ब ३८ करोड रुपैयाँ मासु तथा दुग्धजन्य पशुपालन र १७ हजार ५०० किसानहरुलाई २ अर्ब २२ करोड ६० लाख रुपैयाँ तरकारी खेती कर्जा लगानी गर्ने लक्ष्य राखेको थियो ।

जसमा २ लाख ८५ हजार ३ सय ७२ जना किसानलाई ४३ अर्ब ८० करोड ९२ लाख पशुपालन कर्जा र १८ हजार १ सय २ जना साना किसानलाई ३ अर्ब ९ करोड ५२ लाख रुपैयाँ तरकारी खेती कर्जा प्रवाह भएको छ ।

रकमबाट किसानहरुले बाख्रा, बङ्गुर, पाडापाडी, भैंसी र गाईजस्ता १७ लाख ७९ हजार ७० पशुवस्तु पालन र १० हजार बिघाभन्दा बढी क्षेत्रफलमा तरकारी खेती गरेको कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए ।

यस कार्यक्रमका माध्यमबाट वार्षिक रुपमा झण्डै ७ अर्बको हाराहारीमा र हालसम्म ७३ अर्ब भन्दाबढीको मासु तथा दुग्धजन्य पदार्थ र तरकारीको उत्पादन भएको उनको भनाइ छ ।

आर्थिक वर्ष २०७७/७८ देखि बागमती प्रदेश सरकारको ऋण सहयोगमा उत्पादन तथा रोजगारीका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रम पनि सञ्चालनमा ल्याएको अधिकारीले जानकारी दिए ।

सुरक्षण र पशुपालन प्रवर्द्धन, सामाजिक तथा सामुदायिक, कृषि वित्तरवित्तीय साक्षरतारक्षमता अभिवृद्धि, उद्यमशीलता विकासजस्ता तालिमरगोष्ठी, सुधारिएको चुलो कार्यक्रम र साना किसान सहकारी अनुशरण जस्ता कार्यक्रमहरु सञ्चालन हुँदै आएको छन् ।

विभिन्न परियोजनाका लागि, आइएफएडी, सीप र समृद्धि, भ्एॠ जस्ता संस्थाहरुको सहकार्यमा साझेदार संस्थाहरुको क्षमता विकास र युवाहरुको सहभागिता अभिवृद्धि कार्यक्रम सञ्चालन भइरहेको संस्थाले जनाएको छ ।

युवाहरुलाई इजरायलमा आधुनिक कृषि तालिमको व्यवस्था गरी हालसम्म ३१ सय ६१ जनाले तालिम सम्पन्न गरेका छन् ।

यो कार्यक्रम, नेपालको कृषिको व्यवसायिकरणमा कोशेढुङ्गा हुने अपेक्षासहित निरन्तरताको लागि वित्तीय संस्था प्रयासरत रहेको पनि जनाएको छ । आर्थिक वर्ष २०७६/७७ देखि कोरोना महामारीका कारण यो कार्यक्रम सुचारु हुन भने सकेको छैन ।

यस वित्तीय संस्थाले एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारसँगको सहकार्यमा कृषिमा युवा तथा स्तरोन्नती भएका साना किसानहरुलाई लक्षित गरी कृषि उत्पादन, प्रशोधन र बजारीकरण कार्यमा संलग्न गराउन ग्रामीण उद्यम परियोजना सञ्चालन गरेको छ ।

कृषि मूल्यश्रृङखला अभिवृद्धिमार्फत किसानलाई बीउविजत वितरण उत्पादनको प्रशोधन, भण्डारण र बजारीकरणमा सहयोग गर्दै आएको छ ।

‘यस अन्तर्गत २०८२ असार मसान्तसम्म सामूहिक तर्फ ४७ वटा परियोजना र व्यक्तिगत तर्फ २४९६ गरी कुल २५४३ वटा उद्यम सञ्चालन भई ५ अर्ब ४९ करोड ४४ लाख ३७ हजार लगानी भएको छ’, प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए ।

पारदर्शिता, व्यावसायिक कुशलताका साथसाथै संस्थागत जवाफदेहिताले हाम्रो कार्यगर्ने शैलीमा समय अनुसार प्रविधिको प्रयोग, उत्पादनमुखी व्यवसाय र त्यसबाट बढीभन्दाबढी साना किसानहरुले कम लागतमा पुँजीको प्रतिफल लिन सकुन् भन्ने अठोट रहेको पनि संस्थाले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।