आज मिति २०८२ साल पौष २५ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको राशिफल

काठमाडौं । २०८२ पौष २५ गते (९ जनवरी २०२६) शुक्रवार, माघ कृष्णपक्ष षष्ठी तिथि, १०ः४० बजेपछि सप्तमी। उत्तरफाल्गुनी नक्षत्र, १७ः२२ बजेपछि हस्त। चन्द्रराशि कन्या।

मेषः

मिहिनेतले जिवन शैलीमा परिवर्तन ल्याउनेछ । मातुल पक्षवाट पनि लाभै देखिन्छ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौडमा सफलता दिलाउनेछ ।

वृषः

पठनपाठनमा पनि राम्रो उन्नति हुनेछ । राजनितीक पहुँच बढ्नेछ । चलाखी पूर्ण बोलीले काम बन्न सक्नेछ । पर्यटनको क्षेत्रबाट लाभ लिन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

मिथुनः

दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला, सचेत रहनुहोला । । यात्रा प्रति सतर्क रहनु पर्नेछ, तर आफन्तको साथ र सहयोग मिल्नेछ । आज आफ्नो इष्टदेवलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

कर्कटः

नजिकका मित्रसंंग भेटघाट हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । नाम, दाम र इनाम हातलागी हुने योग रहेको छ ।

सिंहः

आज वाक्चतुर्याईले सङ्कल्प सिद्ध हुनेछ । व्यापार व्यावसायमा पर्याप्त लाभ मिल्नेछ । सहयोगीहरूले काममा राम्रै साथ दिनेछन् । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ ।

कन्याः

धन वस्त्र अलंकारको लाभ हुने योग छ । व्यापार व्यावसाय फस्टाउनेछ । मानसम्मान र सफलता बढ्ने दिन छ । आत्मबल र आत्मविश्वास उच्च रहनेछ । पारिवारिक भेटघाटले खुसियाली छाउनेछ ।

तुलाः

घरायसी झमेलामा परिएला । तत्काल ठूलो फाइदा नदेखिएकाले हिसाबकिताबमा होसियार रहनुहोला । सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ । बाध्यात्मक परिस्थितिले अलमल्याए पनि समय उपलब्धिमूलक नै रहनेछ ।

बृश्चिकः

रमाइलो यात्राको योग छ । बैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । आफ्नो मन पर्ने साथीको साथ र सहयोग पाउन सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । शेयर बजार र पेशाव्यवसायका क्षेत्रमा राम्रो पक्ष हुनेछ ।

धनुः

नयां कार्यको योजना बन्नेछ । आँटेताकेका कार्य सम्पादन हुनेछन् । नोकरी तथा पेशा व्यावसायमा सफलता मिल्नेछ । राज्य पक्षबाट पनि उचित मान सम्मानको योग रहेको छ । सुखद् समाचारले उत्साह जगाउनेछ ।

मकरः

शुभ कार्यको चर्चा चल्नेछ । लगनशिलताले कामहरु अगाडि बढ्नेछन् । धार्मिक तथा सामाजिक कार्यमा विशेष रुचि हुने देखिन्छ । छोटो दुरीको रमाईलो यात्रा हुने देखिन्छ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुनाले मन प्रसन्न रहने छ ।

कुम्भः

झैझमेलाको अवस्था आउला । आज आर्थिक नोक्शानी व्यहोर्न पर्ने समय छ । खर्च लागे पनि हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ ।

मीनः

विपरित वर्गप्रति आकर्षण बढ्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आस मारेको काम सम्पादन हुनसक्नेछ । नयाँ कामको योजना समेत बन्ने देखिन्छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।