‘किन लाग्छ माया’को पहिलो गीत ‘धौले धन्सार’ सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चलचित्र ‘किन लाग्छ माया’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘धौले धन्सार’ बोलको गीतलाई लोक शैलीमा तयार पारिएको छ ।

पुष्कर सुनुवार, शान्तीश्री परियार र गोपाल ढकाल ‘छन्दे’को यो गीतमा स्वर छ । डाक्टर अशाबहादुर तामाङको शब्द रहेको यो गीतमा पुष्कर सुनुवारको संगीत छ । गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सञ्जित भण्डारी, जाहान्वी बस्नेत, ऋचा थापा, मिस पबी, हिउवाला गौतमको साथमा नव–नायक स्याडो रियल, उत्तम केसी र सेजल सुवेदीको नृत्य हेर्न सकिन्छ ।

चलचित्रमा राजेन्द्र खड्गी, रवि डंगोल, गोपाल ढकाल, सम्रान्त थापा, बेग पहारी, निरोज खुलाल, रामकाजी घिमिरे, सुभाष गजुरेल, रविन्द्र खड्का, सुनिल कटुवाल, विनोद ढकाल, अनु खत्री, सविन बास्तोला, गीता अधिकारीको अभिनय छ ।

कुबेर तामाङको निर्देशनमा तयार भएको यो चलचित्रको प्रदर्शन मिति सन् २०२६ लाई तोकिएको छ । सञ्जित भण्डारी र मोनु खड्काको लगानी रहेको फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।

राजेन्द्र खड्गीको एक्सन निर्देशन रहेको फिल्ममा रामशरण उप्रेती र रामकुमार केसीको डीओपी, बनिष शाह र नविन चौधरीको सम्पादन, रामकाजी घिमिरेको पटकथा र संवाद, स्याडो रियलको कथा र शब्द छ ।

यो चलचित्रले दाजुभाइको कथा भन्छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।