आजको राशिफल
काठमाडौं । २०८२ पौष २४ गते (८ जनवरी २०२६) बिहीवार, माघ कृष्णपक्ष पञ्चमी तिथि, १०ः२७ बजेपछि षष्ठी। पूर्वफाल्गुनी नक्षत्र, १६ः२८ बजेपछि उत्तरफाल्गुनी। चन्द्रराशि सिंह ।
मेषः
आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । पारिवारीक सुख मिल्नेछ । आफ्नो मन पर्ने साथीको साथ र सहयोग पाउन सकिनेछ । राजनैतिक कार्यमा सफल भइने दिन छ ।
वृषः
आज मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउने सक्नेछ । । चोटपटक लाग्ने संभावना उच्च रहेकाले सावधान रहनुहोला । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर समेत जुट्नेछ । चुनौतीपूर्ण कार्यको जिम्मेवारी बहन गर्नुपर्ने दिन रहेको छ ।
मिथुनः
धैर्यताले कार्य सफल हुनेछ । साथिभाईबाट पूर्णसहयोग मिल्नेछ । ब्यापार, ब्यावसायबाट प्रसस्त धन–सम्पत्ती प्राप्त हुनेछन् । शैक्षिक एवं राजनैतिक कार्यमा सफलता मिल्नेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ ।
कर्कटः
आर्थिक लाभको दिन रहेको छ । बोली बिक्ने समय छ । कुटुम्बजनबाट पनि सहयोग मिल्नेछ । व्यापार व्यवसायमा नसोचेको ठाउँबाट अनपेक्षित लाभ मिल्ने योग छ । रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन् ।
सिंहः
आज गरेका काममा सफलता मिल्नेछ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । मान–सम्मान पनि प्राप्त हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । दाम, नाम र इनाम कमाउने समय छ ।
कन्याः
बहुमुल्य सामान हराउन सक्नेछ । परिवारमा वेमेलको स्थिति आउनेछ । कुराकाट्नेहरु धेरै हुनेछन् । उधारो अवस्था सिर्जना हुनसक्नेछ, सावधान भएर निर्णय लिनुहोला । स्वास्थ्यलाई लिएर पनि विशेष सजग रहनु राम्रो पक्ष हुनेछ ।
तुलाः
व्यापार व्यवसायबाट सजिलै लाभ प्राप्त गर्न सकिनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । मिष्ठान्न भोजन तथा स्वर्णादिकोे लाभहुने दिन रहेको छ । हर्ष र प्रसन्नताको साथमा समय बित्नेछ । व्यवसायको सन्दर्भमा यात्राको अवसर समेत जुट्ने योग छ ।
बृश्चिकः
कीर्तिमान कार्य गर्ने अवसर जुट्नेछ । मित्र तथा विशिष्ट व्यक्तिको साथसहयोग पाईनेछ । युवाहरू तथा विद्यार्थी वर्गलाई करियरमा नयाँ अवसर मिल्नेछ । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।
धनुः
आज उपहार प्राप्तिको योग छ । धार्मिक यात्रा सफल हुनेछ । व्यापार व्यवसायबाट रामै आम्दानी हुनेछ । भविष्यलाई लिएर रूपरेखा कोरिनेछ । घरमा परपाउनाको आगमन हुने सम्भावना छ । पारिवारिक जमघटमा मन रमाईनेछ ।
मकरः
स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ । अनावश्यकरुपमा वादविवाद तथा झगडा हुन सक्नेछ । समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्, सजग रहनु होला ।
कुम्भः
सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ । यात्रा तथा सवारीसाधनबाट फाईदा हुनेछ । मीठो कुरा खानपाईने दिन रहेको छ । घर–घडेरी, गाडी, फर्निचर आदिका समानहरुको कारोबारबाट फाइदा हुने देखिन्छ ।
मीनः
आज विपरीत लिङ्गीसंगको कुराकानीले मन साह्रै प्रसन्न हुनेछ । कार्यक्षेत्रमा चलिरहेको कार्यमा सानोतिनो बाधा उत्पन्न हुनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनसक्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Comment