टी- २० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी–२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय टोली घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले रोहित कुमार पौडेलको कप्तानीमा विश्वकपका लागि अन्तिम टोली सार्वजनिक गरेको हो। क्यानले प्रारम्भमा २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो। तीमध्ये ९ खेलाडीलाई बाहिर राख्दै अन्तिम १५ सदस्यीय टोली चयन गरिएको हो।

एनपीएलको दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका छन्। यस्तै, बसिर अहमद र लोकेश बम पनि टोलीमा पुनः समावेश भएका छन्।

नेपाली टोली :
१. रोहित कुमार पौडेल (कप्तान)
२. दीपेन्द्र सिंह ऐरी (उप–कप्तान)
३. सन्दीप लामिछाने
४. सोमपाल कामी
५. करन केसी
६. कुशल भुर्तेल
७. मोहम्मद आरिफ शेख
८. मोहम्मद आसिफ शेख
९. ललित नारायण राजवंशी
१०. लोकेश बम
११. गुलशन कुमार झा
१२. सन्दीप जोरा
१३. बसिर अहमद
१४. नन्दन यादव
१५. शेर मल्ल

बन्द प्रशिक्षणमा सहभागी खेलाडीहरू :
रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, आदिल अन्सारी, करन केसी, साहब आलम, शेर मल्ल, विनोद भण्डारी, भीम सार्की, इशान पाण्डे, बसिर अहमद, प्रतिश जीसी, अविनाश बोहोरा र रुपेश कुमार सिंह।

विश्वकप टोलीमा नपरेका खेलाडीहरू :
आदिल अन्सारी, कुशल मल्ल, विनोद भण्डारी, भीम सार्की, इशान पाण्डे, साहब आलम, प्रतिश जीसी, अविनाश बोहोरा र रुपेश कुमार सिंह।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।