राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारको टुंगो लगाउन आज कांग्रेस कार्यसम्पादन समितिको बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो मंगलबार लगाउने भएको छ। यसका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ। बैठक ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बस्नेछ।

बैठकले उम्मेदवार छनोट र अन्य दलसँगको चुनावी तालमेलबारे निर्णय गर्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारुी दिए। उनका अनुसार निर्वाचनमा सिट बाँडफाँटका विषयमा नेकपा एमाले र माओवादी केन्द्रलगायत दलसँग छलफल भइरहेको बताएका छन्। कुन दलसँग कति सिटमा तालमेल गर्ने र कांग्रेसका तर्फबाट उम्मेदवार बन्ने व्यक्तिका विषयमा औपचारिक निर्णय हुनेछ।

अहिले राष्ट्रिय सभामा कांग्रेसको सबैभन्दा बढी मतभार छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।