बेइजिङ । चीन सन् २०२५ मा सन् १९६१ पछि औसतमा सबैभन्दा बढी गर्मी बर्षका रूपमा रेकर्ड भएको चीनको मौसम विज्ञान प्रशासनले आइतबार जानकारी गराएको छ। चीनमा गत बर्ष देशव्यापी औसत तापक्रम ११ डिग्री सेल्सियस रहेको थियो ।
राष्ट्रिय जलवायु केन्द्रका वरिष्ठ इन्जिनियर शी सुआईका अनुसार यो आँकडा देशको सामान्य वार्षिक तापक्रम ९.९ डिग्री सेल्सियसभन्दा १.१ डिग्री सेल्सियस बढी हो । गत वर्ष सिन्जियाङ, जियाङ्सी र हुबेइसहित १६ प्रान्तीय स्तरका क्षेत्रहरूले सन् १९६१ पछि औसतमा सबैभन्दा उच्च तापक्रम रेकर्ड गरेका थिए।
जूनदेखि अगस्टसम्मको राष्ट्रिय औसत तापमान २२.३ डिग्री सेल्सियस थियो र यो सामान्य भन्दा १.१ डिग्री सेल्सियस बढी हो । सन् २०२४ मा सन् १९६१ पछि सबैभन्दा गर्मी बर्षा ऋतुको रूपमा रेकर्ड भएको छ।
“बेइजिङले गत वर्ष सन् १९६१ पछि सबैभन्दा बढी वार्षिक वर्षा रेकर्ड गरेको थियो र उत्तरी चीनमा वर्षा ऋतुको लम्बाइ र कुल वर्षा दुवै ऐतिहासिक उच्च भएको थियो,” शीले भने ।
यस महिनाको तथ्याङ्कलाई समीक्षा गर्दै शीले सबैभन्दा बढी मौसमी असन्तुलन व्यहोर्ने बर्ष बन्न सक्ने अर्को चेतावनीमुलक सन्देश दिएका छन् । उनले भने, “उत्तरी चीनले कम तापक्रम, हिउँ र चिसो वर्षाको सम्भावित प्रतिकूल प्रभावहरूको लागि तयार रहनुपर्दछ, देशको दक्षिणी भागले मौसमी खडेरीबाट सावधान रहनुपर्दछ।”

Comment