आयोगले तोक्यो निर्वाचन अधिकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३६ जना जिल्ला न्यायाधीशलाई जगेडामा रहने गरी मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको रूपमा तोकेको छ।

आयोगले आइतबार ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको हो। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २१ गते निर्वाचन मिति तय भइसकेको छ।

आयोगका अनुसार प्रतिनिधिसभा सदस्य ऐन, २०७४ को दफा ८ बमोजिम न्याय परिषद्को परामर्शमा कुल ८८ जनालाई मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत नियुक्त गरिएको हो। उक्त नियुक्ति पुस २५ गतेदेखि लागू हुने गरी गरिएको आयोगले जनाएको छ।

नियुक्त मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई आगामी माघ २ गतेदेखि सम्बन्धित निर्वाचन क्षेत्रमा खटिन आयोगले निर्देशन दिएको छ। साथै, उनीहरूलाई मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गरिएको छ।

कुल २७५ सदस्यीय प्रतिनिधिसभा मध्ये १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने संवैधानिक व्यवस्था छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।