सोलु हाइड्रोपावरले सर्वसाधारणका लागि ८२ करोडको आइपीओ निष्कासन गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) बिक्री गर्ने भएको छ। कम्पनीले यही पुस २९ गतेदेखि आइपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल २ करोड कित्ता शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरिसकेको छ। जसमध्ये सामूहिक लगानी कोषका लागि ५ लाख कित्ता र कम्पनीका कर्मचारीका लागि ३ लाख कित्ता शेयर छुट्याइएको छ। बाँकी ८२ लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गरिने कम्पनीले जनाएको छ।

आइपीओमा आवेदन दिने सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।