सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा २ हजार १०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा २५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आइतबार चाँदी प्रतितोला ४ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार प्रतितोला चाँदी ४ हजार ५२५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३३२.३६ अमेरिकी डलर र चाँदी ७२.८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।