काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य विनिमयदर स्थिर छ। हिजो धेरैजसो मुद्राको मूल्य बढ्दा युरोको मूल्य भने घटेको थियो।
आज अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो।
यही पुस २ गते अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरि आज युरो १ को खरिदर १६८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४९ पैसा छ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३२ पैसा छ।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा छ।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४७० रुपैयाँ ४६ पैसा छ।
आज बहराइन दिनार १ को खरिदर ३८२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ६१ पैसा छ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।
हेर्नुहोस् सबै मुद्राको विनिमय दर


Comment