रिलायन्स मिल्सको आईपीओ बाँडफाँट, १८ जनालाई थप १ कित्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले सर्वसाधारणका लागि पुस ७ गतेदेखि ११ गतेसम्म खुला गरेको आईपीओ शुक्रबार बाँडफाँड गरिएको हो।

बाँडफाँडअनुसार कुल १८ हजार ४ सय ७७ जनाले ५०–५० कित्ता सेयर प्राप्त गरेका छन् भने १८ जनालाई ५१–५१ कित्ता सेयर परेको छ। यसरी जम्मा १८ हजार ४ सय ९५ जना आवेदकले सेयर पाएका छन्।

कम्पनीको आईपीओमा कुल ५ लाख ३२ हजार ८ सय ८८ जनाले आवेदन दिएका थिए। तीमध्ये ५ लाख १९ हजार ४६ वटा आवेदन योग्य ठहरिएका थिए। योग्य आवेदकहरूमध्येबाट गोलाप्रथामार्फत सेयर बाँडफाँड गरिएको हो।

सेयर प्राप्त गर्ने आवेदकहरूले आफ्नो बाँडफाँडको विवरण सम्बन्धित बिक्री प्रबन्धक तथा सीडीएससीको वेबसाइटमार्फत केहीबेरमै हेर्न सक्नेछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।