कुमारी बैंकको एटीएम तोडफोड गर्ने २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‍कुमारी बैंकको एटीएम तोडफोड गर्ने २ जना पक्राउ परेका छन् ।

बुधबार बेलुकी एटीएम तोडफोड गरिरहेको अवस्थामा ललितपुर महानगरपालिका २७ सुनाकोठी बस्ने १९ वर्षीय सरोज पाख्रिन र सिन्धुपाल्चोक घर भई ललितपुर महानगर २३ धापाखेल बस्ने १८ वर्षीय सुनिल बिकलाई नियन्त्रणमा लिएको ललितपुर प्रहरी परिसरले जनाएको छ ।

प्रहरीले एटीएम तोडफोड भइरहेको गोप्य सूचना पाएपछि खोजी गरेको थियो । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले भाग्दै गरेको अवस्थामा प्रकाउ गरेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।