पर्सा । भारतसँग सिमाना जोडिएको पर्साको ठोरी पछिल्लो समय मधेश प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा उभिँदै गएको छ। यही क्रमलाई थप बल दिँदै ठोरी गाउँपालिका–२ गोले डाँडा (रेड हिल) मा सुविधा सम्पन्न ‘ठोरी इकोलक्स रिट्रिट’ सञ्चालनमा आएको छ ।
ठोरी इकोलक्स रिट्रिट, हिमालयको स्वाद’ भन्ने थिमसहित सुरु गरिएको यो रिसोर्ट भारतीय तथा आन्तरिक पर्यटकलाई लक्षित छ । युरोपियन डिजाइनका भिल्ला, हरियाली वातावरण र शान्त पहाडी भू–भागले ठोरीलाई फरक अनुभूति दिने गन्तव्यका रूपमा स्थापित गर्न रिसोर्टले भूमिका खेल्ने अपेक्षा गरिएको सञ्चालकहरुले बताएका छन् ।
हिमालयको स्वाद ठोरीमै पस्किने
रिसोर्टका अध्यक्ष छतेन्द्र आचार्यका अनुसार ठोरीमा आउने पाहुनालाई हिमालय क्षेत्रमै उत्पादन भएका परिकारको स्वाद चखाउने उद्देश्यले इकोलक्स रिट्रिट स्थापना गरिएको हो । मुस्ताङको आलु, दाल, सिमी, टिमुर, लसुनदेखि रसुवाको लेकमा पालिएको चौंरीको घ्यूसम्म ‘हिमालय खाना सेट’ मा समेटिएको छ। कास्कीको प्रसिद्ध ‘जेठो बुढो’ धानको चामलसमेत रिसोर्टको विशेष मेनुमा समावेश गरिएको अध्यक्ष आचार्यले बताए ।
स्थानीय युवाहरु छतेन्द्र आचार्य, धर्म बिष्ट, ऋषि खनाल, महेश गौतम र विकल आचार्यको संयुक्त लगानी र पहलमा सञ्चालनमा आएको यो रिसोर्ट डेढ बिगाहा क्षेत्रफलमा फैलिएको छ । करिब ३ करोड रुपैयाँको प्रारम्भिक लगानी रहेको रिसोर्टले एकैपटक करिब २०० जनालाई सेवा दिन सक्ने क्षमता राख्छ भने भिल्ला र टेन्टमार्फत करिब ४० जनासम्मलाई आवास सुविधा उपलब्ध गराउन सक्छ ।
अंग्रेजी नयाँ वर्षको अवसरमा इकोलक्स रिट्रिटले विशेष प्याकेज ल्याएको अध्यक्ष आचार्यले बताए ।
सन् २०२५ को अन्तिम साँझ ‘न्यु इयर इभ’ मा ‘स्क्रेमिङ सौल’ ब्याण्डको लाइभ सांगीतिक प्रस्तुति आयोजना गरिएको छ । जनवरी १, २०२६ मा पनि लाइभ कार्यक्रम हुनेछ । स्न्याक्स र ड्रिंक्ससहितको यो लाइभ कार्यक्रमको टिकट दर एक हजार रुपैयाँ तोकिएको छ ।
कालिजदेखि च्याग्राको सुकुटीसम्म, भारतीय र नेपाली खाना एकै स्थानमा
इकोलक्स रिट्रिटको अर्को आकर्षण कालिज परिकार भएको उनले बताए । रिसोर्टकै फार्ममा पालन गरिएका कालिज पाहुनाले आफैं छानेर विभिन्न परिकारका रूपमा स्वाद लिन सक्छन् । एउटा कालिजको मूल्य चार हजार रुपैयाँ तोकिएको रिसार्टका अध्यक्ष आचार्य बताउँछन् । यसका साथै आफ्नै फार्ममा उत्पादन भएका लोकल कुखुराका परिकार, मुस्ताङको च्याग्राको सुकुटी पनि पाहुनाको रोजाइ अनुसार उपलब्ध गराइने बताइएको छ ।
कफि पारखीका लागि इकोलक्स रिट्रिटले ठोरीमै पहिलोपटक उच्च प्रविधिको कफि मेसिन भित्र्याएको जनाएको छ । कफि बिन्सबाट बनेका एसप्रेसो, अमेरिकानो, लाते लगायतका विभिन्न कफिका स्वाद रिसोर्टमा यहाँ चाख्न सकिन्छ ।
रिसोर्टमा भारतीय पर्यटकका लागि भारतीय खाना सेट, नेपाली पर्यटकका लागि हिमालय खाना सेट र स्थानीय खाना सेट उपलब्ध रहेको रिसोर्टले जनाएको छ । स्थानीय कृषकबाट उत्पादित तरकारी र सामग्री प्रयोग गरेर परिकार तयार गरिने सञ्चालकहरूको भनाइ छ ।
भिल्ला, रुम र टेन्टको सुविधा
पाहुनाले आफ्नो चाहना अनुसार कपल भिल्ला, पारिवारिक भिल्ला, साधारण रुम तथा सिंगल, डबल र ग्रुप टेन्ट रोज्न सक्नेछन् । युरोपियन डिजाइनका भिल्लाले आरामदायी बसाइको अनुभव दिने अपेक्षा गरिएको रिसोर्टका अध्यक्ष छतेन्द्र आचायले बताए ।
इकोलक्स रिट्रिटले भारतीय तथा नेपाली पर्यटकका लागि धार्मिक पर्यटनलाई समेत समेटेको जनाएको छ ।
ठोरीबाट चितवन–पोखरा हुँदै मुक्तिनाथ तथा हेटौंडा हुँदै काठमाडौंका दक्षिणकाली, स्वयम्भू, हनुमानढोका, भक्तपुर र पाटन दरबार स्क्वायरसहित पशुपतिनाथ, कालभैरव र संकटा मन्दिर दर्शनको प्याकेज तयार गरिएको छ । यस्तै आन्तरिक पर्यटकका लागि भारतको नरकटियागञ्ज हुँदै पटना, बनारस, अयोध्या, लखनउ, गोवा, आगरा, वैष्णोदेवी र दिल्लीसम्मका रेल तथा कार प्याकेज पनि उपलब्ध गराइएको उनले बताए ।
जंगल सफारी र धार्मिक स्थल
इकोलक्स रिट्रिटमा बस्ने पर्यटकका लागि चितवन राष्ट्रिय निकुञ्ज (माडी–कसरा–सौराहा) र पर्सा राष्ट्रिय निकुञ्ज (इच्छानगर–शिकारीवास) को जंगल सफारी प्याकेज पनि तयार गरिएको रिसोर्टका सञ्चालकहरु बताउँछन् । यसका साथै सिद्धेश्वर महादेव, बनशक्ति माईको मन्दिर र सीता गुफा दर्शनको अवसर पनि पर्यटकले पाउनेछन् ।
विरगञ्ज, कलैया जस्ता उच्च तापक्रम हुने क्षेत्रमा बसोबास गर्नेका लागि ठोरी प्राकृतिक ‘कुल हिल स्टेशन’ जस्तै बनेको छ । स्थानीयका अनुसार ठोरीमा वरपरका सहरको तुलनामा ३ देखि ५ डिग्रीसम्म कम तापक्रम रहने गर्छ। जंगल र पहाडले घेरेको शान्त, हरियाली वातावरणले ठोरीलाई मधेशकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा उभ्याउँदै लगेको छ ।

Comment