झापाको कन्काई–३ मा २ अर्ब लगानीमा बहुउद्देश्यीय कृषि प्रशोधन उद्योग स्थापना हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । झापाको कन्काई–३ मा करिब २ अर्ब रुपैयाँको लगानीमा बहुउद्देश्यीय कृषिजन्य वस्तु प्रशोधन उद्योग स्थापना हुने भएको छ। सन् २०२५ मा दर्ता भएको पूर्वाञ्चल इन्डष्ट्रिजले चामल मिल, दाल प्रशोधन, गहुँ र मकै मिल, तोरी तथा सनफ्लावर तेल प्रशोधन, माछा र पोल्ट्री दाना उत्पादनसँगै कोल्ड स्टोरेज सुविधासहित उद्योग सञ्चालनमा ल्याउने योजना अघि सारेको हो।

कम्पनीका अनुसार उद्योगको वार्षिक उत्पादन क्षमता १ लाख १७ हजार ५ सय २० मेट्रिक टन रहनेछ। कम्पनीमा तीन जना लगानीकर्ताको स्वामित्व रहेको छ, जसमध्ये गोपालप्रसाद मैनालीको सबैभन्दा बढी स्वामित्व रहेको बताइएको छ।

उद्योग स्थापनाका लागि कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जासम्बन्धी गरी कुल ३ अर्ब २० करोड रुपैयाँको रेटिङ गराइसकेको छ। यसअन्तर्गत दीर्घकालीन कर्जाका लागि १ अर्ब ४० करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ८० करोड रुपैयाँको रेटिङ गरिएको हो।

कम्पनीले कुल लगानी अनुपात ७०:३० (कर्जा र स्वपूँजी) कायम गरेको छ। हालसम्म कर्जातर्फको करिब ८ प्रतिशत रकमको व्यवस्थापन भइसकेको कम्पनीले जनाएको छ।

उद्योग निर्माणको कार्य प्रारम्भिक चरणमा रहेको र हाल जग्गा अधिग्रहण तथा सिभिल कार्यका लागि आवश्यक सम्झौता सम्पन्न भइसकेको कम्पनीको भनाइ छ। उद्योग सञ्चालनमा आएपछि स्थानीय कृषि उत्पादनको मूल्य अभिवृद्धि, रोजगारी सिर्जना र आपूर्ति श्रृंखला सुदृढीकरणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।