काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार प्रतितोला ६ सय रूपैयाँ घटेको सुनको भाउ मंगलबार सुन प्रतितोला ७ हजार नौ सय रूपैयाँ घटेको हो। जय अनुसार प्रतितोला सुन २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन सोमबार ६०० रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य २ लाख ७० हजार कायम भएको थियो।
यस्तै चाँदीको भाउमा पनि गिरावट आएको छ।
आज ३०५ रुपैयाँले घटेर एक तोला चाँदीको भाउ ४ हजार ५९० रुपैयाँ कायम भएको छ। सोमबार तोलामा ४ हजार आठ सय ९५ रूपैयाँमा कारोबार भएको थियो ।

Comment