सुदनलाई ‘लभयु’ भन्दै बालेनले भने : तिम्रो भूमिकालाई यो देशले सय वर्षसम्म पनि बिर्सने छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले हामी नेपालका संयोजक सुदन गुरुङलाई धन्यवाद ज्ञापन गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच सहमतिको लागि निकै दौडधुप गरेका गुरुङसँगको तस्बिरसहित बालेनले सामाजिक सञ्जालमा उनको प्रशंसा गरेका हुन्।

‘देश बनाउनु पर्छ भनेर सबैले भन्छन्, तर बनाउने प्रयास कसले गर्छ ? त्यो नै महत्वपूर्ण हुन्छ,’ उनले लेखेका छन्, ‘बाबु सुधन गुरुङज्यूले जुन भूमिका निर्वाह गर्नुभएको छ, त्यो यो देशले १०० वर्षसम्म पनि बिर्सने छैन। लभ यू, ब्रदर।’

केहि साताअघि गोरखा पुगेका सुदनले रवि, बालेन र कुलमानलाई एक स्थानमा ल्याएरै छाड्ने कशम खाएका थिए । उनको अथक प्रयासपछि सोमबार रातिसम्म रवि, बालेन र कुलमान एक स्थानमा आइपुगेको उनीहरुको ठहर छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।