आज मिति २०८२ साल पौष १५ गते मंगलवार, यस्तो छ तपाईको राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको राशिफल

काठमाडौं । २०८२ पौष १५ गते (३० डिसेम्बर २०२५) मंगलवार, पौष शुक्लपक्ष एकादशी तिथि। भरणी नक्षत्र। चन्द्रराशि मेष।

मेष:
आज कुनै न कुनै कुराले मनमा शान्ति, उत्साहका साथै बोली बिक्ने समय छ । पारिवारिक सद्भाव मिल्ने छ । अध्ययन तथा वैतनिक मार्ग फलदायी देखिन्छ । नसोचेको ठाउँबाट धनागम हुनेछ।

वृष:

आज गन्तव्य चुम्न संघर्ष देखिएको छ । अनायासै सहकर्मी तथा संसर्गीसँग मनमुटाव हुन सक्नेछ । धैर्यता र संयमले तनावलाई व्यवस्थापन गर्नु उचित हुनेछ । नियमित खर्च पनि बढ्ने योग छ, सचेत रहनु होला ।

मिथुन:

सोखले खर्च बढाए पनि मनपर्ने भौतिक सवारी, साधन आदि जोड्ने समय छ । प्रेमसम्बन्धले वैवाहिक मार्ग अवलम्बन गर्न सक्नेछ । मानसम्मान र ख्याति प्राप्तिको योग छ । रोकिएका वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

कर्कट:

विगतका समस्या समाधान हुनेछन् । कुरा काट्नेहरुको मुख बन्द हुनेछ । आफू भन्दा ठूलाको साथ सहयोग पाईनेछ । विभिन्न अवसरले पछ्याउने छन् भने दिगो काममा जग बसाउने मौका छ ।

सिंह:

हाँसखेल र मनोरञ्जनपूर्ण समय रहेको छ । टाढाको यात्रा फलदायी रहने योग छ । व्यापार व्यवसाय फस्टाउने छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । भाग्य अनुकूल रहनाले गरिरहेका कार्यमा स्तरोन्नति हुनेछ ।

कन्या:

स्वास्थ्यमा एक्कासी समस्या आउने तथा चोटपटक लाग्न सक्नेछ । चोरीको आरोप पनि लाग्न सक्नेछ । विशेष होशियारी अप्नाउनु होला । भरिसक्के नयाँ कार्यको सुरुवात नगरेकै राम्रो हुने छ ।

तुला:

प्रेम, रतिराग तथा पारिवारिक स्थितिमा सुधार आउने छ । शैक्षिक एवं व्यावसायिक यात्रा तथा भ्रमणको योग रहेको छ । व्यापार व्यवसायमा मनग्य लाभ हुनेछ । अध्ययन अध्यापनको क्षेत्रमा राम्रो पक्ष हुन आउने छ ।

बृश्चिक:

नयाँ कामको प्रस्ताव आउनेछ । ईष्र्या गर्नेहरूले दुःख दिए पनि हिम्मत गर्दा काम बनाउन सकिनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ । पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन् ।

धन्:

विलासिता र रमणीयता तर्फ मन आकर्षित हुनेछ । भोगविलास र राम–रमाइलोमा खर्चबृद्धि हुनसक्नेछ । विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।

मकर:

राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नाले जोस–जाँगरमा कमी आउनेछ । चोटपटकको योग भएकाले अलिक सावधानी अप्नाउनुुहोला । केही रकम अरूका लागि खर्चनुपरे पनि नियमित आम्दानी भईरहने छ ।

कुम्भ:

आज पुरुषार्थमा बृद्धि हुने, प्रसंशा मिल्ने र विशेष सहयोग प्राप्ति हुनाले चित्त शान्ति हुनेछ । व्यवसायिक व्यस्तता र प्रगति एवम् उन्नति हुनेछ । गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्ने योग छ ।

मीन:

बोलीको माध्यमले काम बन्नेछ । प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने साइत जुर्ने सम्भावना छ । अधिक कर्जाले जोखिम निम्त्याउन सक्छ । विद्यार्थीहरूको बौद्धिक क्षमताको विकास हुने समय छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।