काठमाडाैँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबिच भएको ७ बुँदे सहमतिले सकारात्मक सन्देश दिएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत नेता भण्डारीले यस्तो बताएका हुन्। उनले दुईबिचको मिलनले अब अरूले पनि जिम्मेवारी लिन र दिन, विश्वास दिलाउन र मिलेर अघि बढ्न सक्नुपर्ने सन्देश प्रवाह गरेको बताए।
‘रवि जी र बालेन जीको मिलनले यो सन्देश दिन्छ- अब अरूले पनि जिम्मेवारी लिन र दिन, विश्वास दिलाउन र मिलेर अघि बढ्न सक्नुपर्छ,’ उनले लेखेका छन्, ‘यही सन्देश हरेक घटनाले असल विद्यार्थीलाई सिकाउँछ।’

Comment