नबिल बैंकको साढे २ करोडको सेयर बिक्रीमा, मूल्य प्रतिकित्ता ३५० रुपैयाँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ । नबिल बैंकको साढे २ करोड रुपैयाँको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ७१ हजार १४० कित्ता सेयर बिक्रीमा राखेका हुन् ।

बैंकको उक्त संस्थापक सेयरको मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा २ करोड ४८ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको हो ।

बैंकको उक्त सेयरका विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीहरूले खरिद नगरेका सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।