अण्डाको मूल्य घट्यो, कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारदेखि लागु हुने गरी अण्डाको मूल्य घटाएको छ ।

नयाँ मूल्यअनुसार अति ठूलो अण्डा प्रति क्रेट ५३०, ठूलो अण्डा ५१५ र मिडियम अण्डा प्रति क्रेटलाई ५ सय रुपैयाँ समर्थन मूल्य तोकेको छ ।

संघले तीन प्रकारकै अण्डाको मूल्यमा प्रति क्रेट ५० रुपैयाँ घटाएर नयाँ समर्थन मूल्य सार्बजनिक गरेको हो । यसमा ढुवानी भाडा प्रति पेटी १३० अतिरिक्त लाग्ने संघले जनाएको छ ।

यसअघि संघले गत् मंसिर २३ गतेदेखि लागु हुने गरी अति ठूलो अण्डाको समर्थन मूल्य ५८०, ठूलो अण्डाको ५६५, मिडियमको ५५० र सानो अण्डा प्रति क्रेट ४६४ रुपैयाँ सार्वजनिक गरेको थियो ।

संघले गत महिनामा २३ मंसिर, १३ मंसिर, ७ मंसिर र ३ मंसिरमा गरी चार पटकसम्म अण्डाको समर्थन मूल्य सार्वजनिक गरेको थियो ।

मंसिर २३ गते सार्वजनिक गरिएको अण्डाको समर्थन मूल्य अहिलेसम्मकै अत्याधिक भएको भनेर संघको चौतर्फी आलोचनासमेत भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।