नेपाल टेलिकमको ३० प्रतिशत नगद लाभांश घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल टेलिकम लिमिटेडले लाभांश घोषणा गरेको छ।

कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ३० प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ।
लाभांश पारित गर्न कम्पनीले पुस ३० गते राष्ट्रिय सभागृहमा १८ औँ वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस २० गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने भएको छ।

पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

नेपाल सरकारकाे अर्थ मन्त्रालयवाट स्वीकृति प्राप्त भएपछि नगद लाभांश वितरण गरिने कम्पनीले जनाएकाे छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।