काठमाडौँ । रेसिंग सधैं यामाहाको डीएनएको केन्द्रमा रहँदै आएको छ। आफ्ना मोटरसाइकलहरूको पर्फर्मेन्स, दिगोपन र यसमा प्रयोग हुने उन्नत इन्जीनियरिंगलाई कठीन परिस्थितिहरूमा प्रमाणित गर्न यामाहा नेपाल रेसिंगमा संलग्न हुँदै आएको छ।
यसै सन्दर्भमा यामाहा नेपाल टाइटल स्पोन्सरका रूपमा प्रस्तुत भएको नेपाल रोड रेसिङ च्याम्पियनसिप एनआरआरसी २०२५ को फाइनल राउण्ड सम्पन्न भएको छ। यहि २० डिसेम्बर २०२५ मा धुलिखेल रेस ट्र्याकमा रोमाञ्चक प्रतिस्पर्धासहित सम्पन्न भएको यस फाइनल राउण्डसँगै रेसिङ सिजनको सुखद समापन गरिएको थियो। प्रतियोगितामा देशका उत्कृष्ट मोटरसाइकल राइडरहरूका साथै ठूलो संख्यामा रेसिङप्रेमी, मोटरस्पोर्ट समर्थक र उद्योग क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
नेपालमा मोटरस्पोर्टसँग यामाहाको लामो समयदेखिको नाता रहँदै आएको छ। कम्पनीले वर्षौंदेखि संगठित रेसिङ इभेन्ट, राइडर तालिम कार्यक्रम तथा एनआरआरसी जस्ता राष्ट्रियस्तरका च्याम्पियनसिपलाई निरन्तर सहयोग गर्दै आएको छ। वान–मेक रेसिङ फर्म्याटहरू, प्राविधिक सहायता र प्रतिस्पर्धाका लागि व्यवस्थित प्लेटफर्म मार्फत यामाहाले व्यवसायिक रेसिङ संस्कृतिको विकास र स्थानीय राइडर प्रतिभाको पहिचान एवम् प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिएको छ।
एनआरआरसी २०२५ मा नेशनल, नोभिस र वुमेन गरी तीन प्रतिस्पर्धात्मक श्रेणीहरू समावेश थिए। निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्न र राइडरको सीपमा केन्द्रित रहन सबै सहभागीहरूले यामाहा मोटरसाइकल प्रयोग गरेका थिए। रेसिङ डीएनए, सन्तुलन र ट्र्याक–केन्द्रित इन्जिनियरिङका लागि परिचित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेसिङ सर्किटमा प्रमाणित प्रदर्शन दिँदै आएको मोडल हो। यसले राइडरहरूलाई स्पीड नियन्त्रण, कर्नरिंग र रेस रणनीतिमा आफ्नो कौशल देखाउने अवसर प्रदान गर्यो। सिंगल बाइक फर्म्याटको प्रयोग पनि यामाहाको मेकानिकल फाइदाभन्दा प्रतिभा विकासलाई प्राथमिकता दिने रेसिंग प्लेटफर्मलाई सघाउने प्रतिबद्धता अनुरुप रहेको छ।

Comment