‘मिरमिरे’ को शीर्ष गीतमा त्रिकोणात्मक प्रेमकथा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको फिल्म मिरमिरे’को शीर्ष गीत ‘मिरमिरे भो’ सार्वजनिक भएको छ। गीतमा प्रकाश सपुत र मेलिना राईको स्वर रहेको छ भने शब्द तथा संगीत पनि प्रकाशकै हो।

युवा–युवतीबीचको आकर्षण र प्रेमभाव झल्किने गीतको भिडिओमा दयाहाङ राई, प्रकाश सपुत र सिर्जना निङलेखुबीचको त्रिकोणात्मक प्रेमकथा देखाइएको छ।

यार्सा फिल्म्सको प्रस्तुति रहेको ‘मिरमिरे’मा दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङलेखु लगायतका कलाकारको अभिनय छ। यो चलचित्र माघ १ गतेदेखि प्रदर्शनमा आउँदैछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।