काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई १२ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
यसअनुसार, हाल कायम चुक्तापुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँको १२ प्रतिशत बराबर ६२ करोड ३५ लाख ३९ हजार ३८५ रुपैयाँ ६० पैसा नगद लाभांश वितरण गरिने प्रस्ताव गरेको छ। कम्पनीका अनुसार, प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।

Comment