काठमाडौँ । मिथ्या तथा भ्रामक सूचना पहिचान र न्यूनीकरणका लागि सञ्चारमाध्यम, सरोकारवाला र विशेषगरी युवावर्गको भूमिका महत्वपूर्ण हुने औँल्याइएको छ।
सामुदायिक रेडियो प्रसारक संघ ९अकोराब० नेपालले काठमाडौँमा आयोजना गरेको अन्तरक्रियामा वक्ताहरूले भ्रामक सूचनाले समाजमा गम्भीर नकारात्मक असर पारिरहेको भन्दै सचेतना आवश्यक रहेको बताए। कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त दुर्गा भण्डारीले अभिव्यक्ति स्वतन्त्रताको नाममा हिंसा र नकारात्मकता फैलाउन नहुने स्पष्ट पारिन।
त्रिवि आमसञ्चार तथा पत्रकारिता प्राध्यापक लेखनाथ पण्डितले सामाजिक सञ्जालका सामग्री सोचविचार नगरी सेयर नगर्न आग्रह गरे। प्रेस काउन्सिल नेपालले भ्रामक सूचनासम्बन्धी उजुरीमा कारबाही गर्दै आएको जानकारी दिँदै जेनजी आन्दोलनपछि ३ सयभन्दा बढी अनलाइनमाथि कारबाही भएको बताइएको छ।
अन्तरक्रियामा सहभागीहरूले मिथ्या सूचना समाजकै साझा चुनौती भएको भन्दै सञ्चारमाध्यम र डिजिटल प्रयोगकर्ताले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने निष्कर्ष निकाले।

Comment