फिल्म ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना…’ सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माघ २३ गते रिलिज हुने प्रेमकथानक नेपाली फिल्म ‘कुमारी’ को दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक भएको छ। केन्द्र मोसन पिक्चर्समार्फत सार्वजनिक गीतमा केहर सिंह लिम्बुको स्वर, सुमन तामाङको शब्द र सुमन तामाङ तथा केहरकै संगीत रहेको छ।

गीतमा आकृति राजभण्डारी र अभिषेक खड्काबीचको प्रेमिल केमेस्ट्री देख्न सकिन्छ। यसअघि सार्वजनिक पहिलो गीत ‘कता छौ मेरो फूल’ को सफलतापछि नयाँ गीतप्रति पनि दर्शकको चासो रहने अपेक्षा गरिएको छ।

दिनेश राउत निर्देशित फिल्ममा अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्। भ्यालेन्टाइन डेको आसपास रिलिज हुने यस फिल्मलाई बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमले निर्माण गरेका हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।