नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्स कम्पनीले १३.१६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ८.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

यस्तै, लाभांशमा लाग्ने कर प्रयोजनका लागि थप ०.६६ प्रतिशत नगदसहित कुल १३.१६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

पुस २ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।