कामना सेवा विकास बैकले स्वास्थ्य केन्द्रहरुमा गर्यो सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्वास्थ्य केन्द्रहरुमा सयोग गरेको छ ।

बैंकले झापा स्थित दमक नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्रलाई तथा कमल गाउँपालिका–५ स्थित सामुदायिक स्वास्थ्य केन्द्रसिम्लेलाई १/१ थान वाटर प्यूरिफायर र डिस्पेन्सर सहयोग गरेको हो ।

बैंकका कोशी प्रदेश प्रमुख खिम लाल भुसालले दमक–५ का वडा अध्यक्ष इन्द« गुरुङलाई तथा कमल–५ का वडा अध्यक्ष लाल बहादुर बिष्टलाई १/१ थान वाटर प्यूरिफायर र डिस्पेन्सर हस्तान्तरण गरेका हुन् ।

बैंकको यस सहयोगबाट वडामा सेवा लिन आउने सबैजना लाभान्वित हुने विश्वास वडा अध्यक्ष गुरुङ तथ बिष्टले बताए । साथै, यस्तो परोपकारी कार्यक्रम गरेकोमा बैंलाई धन्यवाद दिए ।

उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, वडा अध्यक्ष तथा वडा कार्यालयका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।