नेप्सेमा सामान्य अंकको वृद्धि, ४ अर्बको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेर २६२५.७० बिन्दुमा कायम भएको छ ।

अघिल्लो कारोबार दिन मंगलबार पनि नेप्से १८.३७ अंक र सोमबार ६.७४ अंकले बढेको थियो ।

बुधबार नेप्सेमा कुल ४ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन मंगलबार भने नेप्सेमा कुल ३ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएकामध्ये १४३ कम्पनीको सेयर मूल्य बढ्दा १०४ कम्पनीको घटेको छ । यस्तै, ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

बुधबार स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एसआई प्यानलको सेयर मूल्य ९.९९ प्रतिशत र नारायणी विकास बैंकको मूल्य ८.७७ प्रतिशतले बढेको छ ।

यस्तै, बाराही हाइड्रोपावर पब्लिक कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।