नेशनल लघुवित्तले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

संस्थाको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गतआर्थिक वर्षको आर्जित मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले चुक्ता पुँजी १ अर्ब ३३ करोड १६ लाख ८ हजार ५ सय रुपैयाँको १४.२५ प्रतिशत १८ करोड ९७ लाख ५४ हजार २ सय रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत (९९ लाख ८७ हजार ६३ रुपैयाँ) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीले बोनस सेयर र नगद लाभांशसमेत गरी कुल १५ प्रतिशत अर्थात् १९ करोड ९७ लाख ४१ हजार २ सय ७८ रुपैयाँ लाभांश वितरण गरिने निर्णय निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि तथा संस्थाको वार्षिक साधारण सभाबाट पारित गरेपछि कार्यान्वयनमा आउनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।