शिखर इन्स्योरेन्सले ६.३६ प्रतिशत लाभांश दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई कुल ६.३६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट ६.३६ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

कम्पनीले चुक्ता पुँजी २ अर्ब ९२ करोड ३० लाख ९ हजार रुपैयाँको ६ प्रतिशतका दरले आउने १७ करोड ५३ लाख ८५ हजार ९ सय ४० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.३१५८ प्रतिशतका दरले आउने ९२ लाख ३१ हजार १ सय ४७ रुपैयाँ नगद लाभांश सेरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले बोनस शेयर र नगद लाभांशसमेत गरी जम्मा १८ करोड ४६ लाख १७ हजार ८७ रुपैयाँ बराबरको ६.३१५८ प्रतिशत लाभांश प्रस्ताव गरिएको जनाएको छ ।

कम्पनीको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरूलाई वितरण गरिनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।