काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज चुनाव हुँदै छ।
पटकपटक सारिएको मतदान आज बिहान ८ बजे सुरु गर्ने जानकारी एमाले नेताहरूले मंगलबार राति नै दिएका हुन्।
मतदान एमालेको ११औँ महाधिवेशन जारी काठमाडौँको भृकुटीमण्डपमा विद्युतीय भोटिङ मेसिनमार्फत हुनेछ।
एमाले नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा छन्।

Comment