उच्च मूल्यमा पुगेको सुन तोलामा १७ सयले घट्यो, चाँदीमा सामान्य वृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सोमबार उच्च मूल्य बनाएको सुनको मूल्य मंगलबार घटेको छ । मंगलबार सुन तोलामा १ हजार ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ५९ हजार रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । जुन हालसम्मकै उच्च मूल्य हो ।

यसैगरी, मंगलबार चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेसँगै प्रतितोला ३ हजार ८८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार प्रतितोला चाँदी ३ हजार ८७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार २८८.९८ अमेरिकी डलर र चाँदी ६२.८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।