पुसका लागि अधिकांश बैंकहरुले घटाए ब्याजदर,कसकाे कति ?

all bank logo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वाणिज्य बैंकहरूले पुस महिनाका लागि पनि मुद्दती निक्षेपको ब्याजदर थप घटाएका छन् । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा मंसिरको तुलनामा पुसमा ब्याजदर घटेको हो ।

मंसिर महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ५.०४०५ प्रतिशत रहेकामा पुसमा घटेर ३.४४५ प्रतिशतमा झरेको छ ।

पुस महिनामा १३ वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । जसमध्ये प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान ०.५ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् । नेपाल एसबीआई, सानिमा, लक्ष्मी सनराइज र एभरेष्ट बैंकले ०.२५ प्रतिशतले ब्याजदर घटाएका छन् ।

त्यस्तै, प्रभु बैंक र कृषि विकास बैंकले ०.४ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् भने कुमारी बैंकले ०.३८ प्रतिशतले ब्याजदर घटाएको छ । स्ट्यान्डर्ड चार्टर्ड र नबिल बैंकले क्रमशः ०.१ र ०.२ प्रतिशतले ब्याजदर घटाएका छन् ।

यता सिटिजन्स, माछापुच्छ्रे, एनआईसी एसिया, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबी र हिमालयन बैंकले भने मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

संस्थागत मुद्दती निक्षेपतर्फ पनि ५ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । नेपाल एसबीआई बैंकले सबैभन्दा बढी १ प्रतिशत, कुमारी बैंकले ०.५१ प्रतिशत, ग्लोबल आइएमई र लक्ष्मी सनराइज बैंकले समान ०.५ प्रतिशत तथा नबिल बैंकले ०.२ प्रतिशत विन्दुले ब्याजदर घटाएका हुन् । बाँकी बैंकहरूले भने अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

कुन बैंकले कति ब्याज दिन्छन् ?

व्यक्तिगत मुद्दती निक्षेपमा ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले पुस महिनामा सबैभन्दा बढी ५.५ प्रतिशत ब्याज दिने भएका छन् । नेपाल बैंकले ५.१ प्रतिशत ब्याज दिनेछ ।

त्यस्तै राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एसिया, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनएमबी बैंकले समान ५ प्रतिशत ब्याजदर तोकेका छन् । सानिमा, लक्ष्मी सनराइज, एभरेष्ट र सिटिजन्स बैंक इन्टरनेशनलले ४.७५ प्रतिशत ब्याज दिनेछन् ।

प्रभु बैंक, कृषि विकास बैंक, नेपाल एसबीआई बैंक र नबिल बैंकले समान ४.५५ प्रतिशत ब्याजदर तोकेका छन् भने कुमारी बैंकले ४.५३ प्रतिशत र प्राइम कमर्सियल बैंकले ४.२५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।

संस्थागत मुद्दती निक्षेपतर्फ हिमालयन बैंकले ४.२५ प्रतिशत र ग्लोबल आइएमई बैंकले ३.७५ प्रतिशत ब्याज दिनेछन् । कुमारी बैंक र लक्ष्मी सनराइज बैंकले ३.५ प्रतिशत, नबिल बैंकले ३.५५ प्रतिशत तथा नेपाल एसबीआई बैंकले २.८ प्रतिशतसम्म ब्याजदर तोकेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।