८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली । कैलालीमा यस वर्ष ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिने भएको छ।

रानीजमरा कुलरिया सिँचाइ आयोजनाको कार्यक्षेत्र रहेको टीकापुर, लम्कीचुहा, भजनी, घोडाघोडी नगरपालिका तथा जानकी, जोशीपुर र बर्दगोरिया गाउँपालिकामा उक्त हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिने भएको हो।

रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यान्वयन एकाइ टीकापुरका आयोजना समन्वयनकर्ता भरतप्रसाद कँडेलका अनुसार यस वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार ५० प्रतिशत अनुदानमा ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गर्न लागिएको हो।

चैते धानखेती गर्ने कृषक, निजी फार्म, समूह तथा सहकारीका लागि आवेदन माग गरिएको उनले बताए।

कँडेलले ५० प्रतिशत अनुदान सहयोगमा चैते धानखेती गर्ने किसानले न्यूनतम क्षेत्रफल पाँच कठ्ठामा खेती गर्नुपर्ने मापदण्डा तोकिएको जानकारी दिए।

एकाइले यस वर्ष चैते धानखेतीका लागि आवेदन दिएका किसानमध्ये यसअघि सहयोग नपाएकालाई प्राथमिकता दिने जनाएको छ।

उक्त आयोजनाको कार्यक्षेत्र रहेका चार नगरपालिका र तीन गाउँपालिका गरी सात स्थानीय तहमा खेती विस्तारका लागि यस वर्ष रु २५ लाख बजेट विनियोजन गरिएको आयोजना समन्वयकर्ता कँडेलले जानकारी दिए।

किसानलाई ५० प्रतिशत अनुदानमा आयोजनाले यन्त्र तथा आवश्यक उपकरण, बीउ, विषादीलगायत अन्य सामग्री उपलब्ध गराउँदै आएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।