गार्डियन माइक्रो लाइफको वार्षिक साधारणसभा पुस १४ गते हुने, के छन् प्रस्ताव?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आफ्नो तेस्रो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको ४९ औं बैठकले पुस १४ गते साधारण बोलाउने निर्णय गरेको हो ।

कम्पनीको उक्त वार्षिक साधारणसभा मोरङको विराटनगरस्थित होटल एयरपोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

कम्पनीको साधारणसभाले हाल कायम चुक्तापुँजी ७५ करोड रुपैयाँको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

सभाले अधिकृत, जारी र चुक्तापुँजी वृद्धि गर्न निर्देशन आएमा वा आवश्यक देखिएमा सोहीबमोजिम प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव सभाले पारित गर्नेछ । सभाले सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने एकजना सञ्चालकको नियुक्ति (निर्वाचन) गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले यही मंसिर २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकोअर्थ मंसिर २९ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको सभामा भाग लिन योग्य हुनेछन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।