काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आज शनिबार भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा भव्य रूपमा सुरु हुँदैछ। उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने एमालेले जनाएको छ।
महाधिवेशन उद्घाटनका लागि चाँगुनारायण मन्दिर र धरहराको प्रतीक झल्किने कलात्मक मञ्च तयार गरिएको छ भने राष्ट्रिय एकता दर्शाउने २०० भन्दा बढी सांस्कृतिक झाँकी प्रदर्शन हुनेछन्। उद्घाटन समारोहमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित १६ दलका नेता तथा विदेशी कूटनीतिक प्रतिनिधि सहभागी हुनेछन्।
शान्तिपूर्ण आयोजनाका लागि १० हजार स्वयंसेवक परिचालन गरिँदैछ। बन्दसत्र मंसिर २८ र २९ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ।

Comment