काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना एकमात्र समाधान भएको बताएका छन्। बिहीबार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै उनले जुनसुकै प्रक्रियाबाट भए पनि प्रतिनिधिसभा पुनर्स्थापना अब अपरिहार्य बनेको स्पष्ट गरे।
अध्यक्ष ओलीले वर्तमान सरकारलाई अनधिकृत रूपमा गठन भएको आरोप लगाउँदै जननिर्वाचित संस्थामाथि सरकारको कुनै अधिकार नरहेको दाबी गरे। प्रतिनिधिसभा विघटन संविधान र लोकतान्त्रिक मूल्यविपरीत भएको उल्लेख गर्दै उनले, “संविधान र लोकतन्त्र जोगाउन प्रतिनिधिसभा पुनर्स्थापना आवश्यक छ,” भने।
बुधबार सरकार र जेनजी समूहबीच भएको १० बुँदे सहमति मान्य नहुने स्पष्ट गर्दै उनले सुशीला कार्की नेतृत्वको सरकारले कसैको सुझाव, माग वा पीडा नबुझेको आरोप लगाए। लोकतान्त्रिक प्रणालीमा सम्झौता नगर्ने आफूहरूको अडान दोहोर्याउँदै ओलीले राजनीतिक स्थिरता र संवैधानिक मर्यादाका लागि प्रतिनिधिसभा पुनर्स्थापना अतिआवश्यक रहेको टिप्पणी गरे।

Comment