काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुन आज एक हजार रुपैयाँ र चाँदी प्रतितोला ५५ रुपैयाँले बढेको हो।
महासंघका अनुसार आज सुन २ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुनको मूल्य तोलामा २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
बुधवार प्रतितोला ३ हजार ७५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीवार बढेर ३ हजार ८०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। जुन मूल्य अहिलेसम्मकै उच्च हो।

Comment