एनपीएल दोश्रो सिजन : आज एलिमिनेटरमा काठमान्डु र लुम्बिनी भिड्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने एलिमिनेटर खेलमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स भिड्दै छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतिस्पर्धा आज अपराह्न ४ बजे सुरु हुनेछ। काठमान्डु अंकतालिकामा तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेर एलिमिनेटरमा भिड्न लागेका हुन्।

यो खेल जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ।

पहिलो क्वालिफायरमा सुदूररपश्चिम रोयल्ससँग ७७ रनले पराजित विराटनगरले दोस्रो क्वालिफायर खेल्ने भएको हो।

आज एलिमिनेटरमा हार्ने टोली भने उपाधि दौडबाटै बाहिरिनेछ। आजको खेलमा काठमान्डु र लुम्बिनी दुवै जित्ने प्रयासमा हुनेछन्।

लिग चरणमा भएको भेटमा काठमान्डुले लुम्बिनीलाई २२ रनले हराएको थियो। पहिलो खेल जितेको लुम्बिनीले त्यसपछिका तीन खेल लगातार हारेको थियो।

तर लुम्बिनी त्यसपछिका तीन खेल लगातार जित्दै तेस्रो स्थानमा रहेर प्लेअफमा पुगेको थियो।

लिग चरणका सात खेलमध्ये चारमा जित र ३ मा हार गर्दै ८ अंकसहित चौथो स्थानमा रहेर लुम्बिनी आज एलिमिनेटर खेल्न लागेको हो।

यता काठमान्डु ५ खेलमा जित र २ खेलमा हार भोग्दै १० अंकसहित तेस्रो स्थानमा रहेर एलिमिनेटर खेल्न लागेको हो।विराटनगरको जत्तिकै १० अंक भए पनि नेट रनरेटमा पछि पर्दै काठमान्डु तेस्रो स्थानमा झरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।