‘थ्री इडियट्स’ को सिक्वेल बन्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुपरहिट बलिउड फिल्म ‘थ्री इडियट्स’ को सिक्वेल बन्ने भएको छ। फिल्म रिलिज भएको १५ वर्षपछि यसको दोस्रो भाग तयार हुने भारतीय सञ्चारमाध्यमले पुष्टि गरेका छन्।

सिक्वेलमा आमिर खान, करीना कपुर खान, आर. माधवन र शर्मन जोशी पुनः एकसाथ देखिनेछन्। निर्देशक राजकुमार हिरानीले सिक्वेलको स्क्रिप्ट तयार गरिसकेका छन्। यसपटक फिल्मको निर्माण हिरानी, विधु विनोद चोपडा र आमिर खानले संयुक्त रूपमा गर्नेछन्।

फिल्मको छायांकन सन् २०२६ बाट सुरू हुने बताइएको छ। सिक्वेलको कथा पहिलो भाग जहाँ टुंगिएको थियो, त्यही बिन्दुबाट अघि बढ्नेछ। दर्शकहरूले रान्चो, फरहान, राजु र पियाको मन छुने यात्राको निरन्तरता फेरि हेर्न पाउनेछन्।

सन् २००९ मा रिलिज भएको ‘थ्री इडियट्स’ ले २ सय करोड भारतीय रुपैयाँ कमाएर बक्सअफिसमा इतिहास रचेको थियो। २ सय करोड क्लबमा प्रवेश गर्ने यो पहिलो भारतीय फिल्म पनि हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।