चर्चामा समीक्षा अधिकारीको गीत ‘शिरमा शिरबन्दी’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । गायिका समीक्षा अधिकारीको नयाँ गीत ‘शिरमा शिरबन्दी’ यतिबेला सामाजिक सञ्जालमा व्यापक रुपमा भाइरल बनेको छ। गीतका छोटा क्लिपहरू टिकटकदेखि फेसबुक र इन्स्टाग्रामसम्म छ्यापछ्याप्ति देखिएका छन्।

सुरुमा गीतको लिरिकल भिडिओ सार्वजनिक गरिएको थियो। राम्रो प्रतिक्रियासँगै चार दिनअघि आधिकारिक भिडिओ रिलिज गरिएको हो। समीक्षा अधिकारी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडिओले हालसम्म १४ लाखभन्दा बढी भ्युज बटुलेको छ।

गीतमा समीक्षा अधिकारीसँगै गायक सुवास खत्रीको स्वर समावेश छ। सुजित खत्रीको शब्द रहेको गीतमा संगीत सुवास खत्रीकै छ भने एरेन्ज आकाश नेपालीले गरेका छन्। गीतले प्रेमी–प्रेमिकाबीचको खुबीपूर्ण संवादलाई रमाइलो शैलीमा प्रस्तुत गरेको छ।

विशाल घिमिरेको कथा तथा निर्देशनमा तयार भिडियोमा रोशन बिकको कोरियोग्राफी, बुद्ध थापाको छायांकन र अमृत चापागाईँको सम्पादन रहेको छ।

गीतको भिडिओमा समीक्षा अधिकारी र मोडल/अभिनेता प्रभात पाल ठकुरीले अभिनय गरेका छन्। पछिल्लो समय समीक्षा गायनसँगै अभिनयमा पनि सक्रिय हुँदै आएकी छिन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।