काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.५२ अंकले घटेर २६३१.१७ बिन्दुमा कायम भएको छ ।
यसअघिका तीन कारोबार दिनमा पनि नेप्से लगातार घटेको थियो । अघिल्लो दिन मंगलबार ०.५३ अंकले घटेको नेप्से सोमबार ४.२८ अंक र आइतबार २६.५१ अंकले घटेको थियो ।
बुधबार नेप्सेमा कुल ५ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन मंगलबार भने नेप्सेमा ४ अर्ब ४२ करोड माथिको कारोबार भएको थियो ।
बुधबार कारोबारमा आएकामध्ये ७४ कम्पनीको सेयर मूल्य बढ्दा १७७ कम्पनीको घटेको छ । यस्तै, ७ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
आज पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा फाइनान्स समूहमा सर्वाधिक अर्थात् १.५९ प्रतिशतको सुधार भएको छ ।

Comment